Read Online in Nepali
Table of Content
भुमिका र विषयसूची
आधारभूत जानकारी
मृगौला विफल
अन्य प्रमुख मृगौला रोग
मृगौला रोगमा आहार

लेखकका बारेमा

डा. संजीव कुमार शर्मा एम. डि., डि. एम., एफ.आई.एस.एन.

मृगौला तथा मुटुरोग विशेषज्ञ प्राध्यापक डा. संजीव कुमार शर्मा वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा इन्टर्नल मेडिसन विभागमा कार्यरत हुनुहुन्छ । वहाँले एम.बी.बी.एस. तथा एम.डि. भारतबाट हासिल गरी, मुटु तथा मृगौला रोगको विभिन्न विद्यामा उच्च शिक्षा नेपाल, जापान, इटाली र यु.के.बाट प्राप्त गर्नु भएको हो । डा. शर्मा मृगौला तथा मुटु रोग विरुद्ध जनचेतना कार्यक्रम साथै निःशुल्क स्वास्थ्य परीक्षण कार्यमा सुरुवाती अवस्था देखिनै संलग्न हुनुहुन्छ । वहाँकै अथक प्रयासबाट वि.पी. केइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजधानी भन्दा बाहिर पहिले पल्ट डायलाइसिस सेवा सुरु भएको थियो । वहाँ विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरष्कारबाट सम्मानित हुनु भएको छ । डा. शर्मा मृगौला तथा मुटु रोगको रोकथाम बाहेक सर्पदंश सम्बन्धी अनुसन्धानमा पनि सक्रिय हुनुहुन्छ । वहाँको सयौँको सँख्यामा अनुसन्धानमुलक कृतिहरू प्रकाशित छन् । साथै जनचेतनाको लागि मधुमेह, मृगौला तथा उच्च रक्तचाप सम्बन्धी पुस्तिकाहरू पनि प्रकाशित छन् । डा. शर्मा मृगौला, मुटु तथा मधुमेह सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूमा आबद्द हुनुहुन्छ ।

 

डा. सञ्जय पाण्ड्यएम.डि., डि.एन.बी. (नेफ्रोलोजी), मृगौलारोग विशेषज्ञ

डा. सञ्जय पाण्ड्य, (गुजरात, भारत)मा कार्यरत एक वरीष्ठ शीर्ष मृगौला रोग विशेषज्ञ हुन् । उनले आफ्नो डि.एन.बी. (नेफ्रोलोजी)को अध्ययन इन्स्टिट्युट अफ किड्नी डिजिज एण्ड रिसर्च सेन्टर, अहम्दबादमा सन् १९८९ मा गरेका हुन् । सन् १९९० देखि उनी भारतको राजकोट, गुजरातमा मृगौला रोग विशेषज्ञको रुपमा काम गरिरहेका छन् ।

डा. पाण्ड्य मृगौला रोगबारे जनचेतना कार्यक्रममा सक्रिय भएर लागि परेका छन् । उनले अंग्रेजी, हिन्दी, गुजराती र कुची जस्ता विभिन्न भाषामा मृगौला रोगका बिरामीहरूका लागि मृगौलाको किताब लेखेका छन् ।

डा. पाण्ड्यले मृगौला रोगबारे धेरै मानिसहरूमा जनचेतना जगाई मृगौला रोगको सावधानी र स्याहार गर्ने उद्वेश्यले “”किड्नी एजुकेशन फाउण्डेसन”को स्थापना गरेका छन् । उनले संसारका विभिन्न देशमा रहेका मृगौला विशेषज्ञहरूको साहयताले मृगौला रोगीहरूका लागि यो मृगौला शिक्षा सम्बन्धी पुस्तक २० वटा भन्दा धेरै भाषामा तयार पारिसकेका छन् । संसारका विभिन्न भागमा भएका धेरै भन्दा धेरै मानिसहरू तथा मृगौला रोगीहरूलाई सहयोग गर्नको निम्ति डा. पाण्ड्य र उनको समुहद्वारा www.KidneyEducation.com वेबसाइटको थालनी पनि भएको छ । यस वेबसाइटले २३० पृष्ट भएको मृगौला रोग सम्बन्धी पुस्तक निःशुल्क डाउनलोड गर्ने अनुमति समेत दिएको छ । यो मृगौला सम्बन्धी वेबसाइट धेरै लोकप्रिय छ र सुरु गरिएको ६० महिनामै यो वेबसाइट हेर्नेको संख्या २ करोड ३० लाख पुगिसकेको छ ।