"आफ्नो मृगौला बचाऔँ" मृगौला रोगको रोकथाम र मृगौलाका बिरामीहरुको शिक्षाका लागि नेपाली भाषामा तयार पारिएको पुस्तक हो।
    मृगौला सम्बन्धी रोगहरु तीव्र गतिमा बढिरहेका छन् तर त्यस सम्बन्धी सचेतना समाजमा अत्यन्त न्यून छ। गम्भीर अवस्थाको मृगौलाको दीर्घरोगको उपचार अत्यन्त महँगो छ। त्यसैले यसको रोकथाम र चाँडो निदान आवश्यक छ।
    "आफ्नो मृगौला बचाऔँ" लेखक डा संजीवकुमार शर्माद्वारा लिखित मृगौला सम्बन्धी सबै समस्याको एउटा पूर्ण, ठोस र व्यावहारिक मार्गदर्शन हो।
    यस पुस्तकका विषयवस्तुहरूलाई दुई समूहमा विभाजन गरिएको छ। पहिलो भागमा मृगौला र मृगौला सम्बन्धी सबै प्रमुख रोगहरुबारे आधारभूत जानकारीका साथै तिनको रोकथामबारे चर्चा गरिएको छ। पहिलो भाग सचेतनालाई महत्व दिने सबै व्यक्तिहरूप्रति लक्षित छ।
    दोस्रो भागमा चाँडो निदान, हेरविचार र आम मृगौला रोगको उपचारबारे आधारभूत जानकारी दिइएको छ जुन प्रत्येक बिरामी र तिनका परिवारले जान्नु आवश्यक छ।
    मृगौलाका बिरामीहरुको उपचार गर्दाको लामो अनुभवका आधारमा पुस्तक तयार गरिएको छ। तसर्थ यस पुस्तकले मृगौलाका बिरामीहरुले आफ्नो रोग र सामान्य व्यक्तिहरूले मृगौला सम्बन्धी समस्याको रोकथामबारे बारम्बार सोध्ने प्रश्नहरुको उत्तर दिनेछ।
        पुस्तकका बारेमा
        
            
                
                    
                    
                        "आफ्नो मृगौला बचाऔँ"
                        प्रकाशन मिति : सन् २०१६
                        लेखक :डा संजीवकुमार शर्मा
                        प्रारूप :हाते पुस्तक
                        संस्करण :प्रथम